मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

एजेन्सी

शनिबार, ०५ कार्तिक २०७९, १० : २०
मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

एजेन्सी । मध्य प्रदेशको रीवा नजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति एउटा ठुलो दुर्घटना भएको छ । बस र ट्रेलर एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। 

रेवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार पहाडबाट ओर्लने क्रममा बस ट्रकमा ठोक्किएको थियो । दुर्घटना हुँदा बसको गति निकै तीव्र थियो ।

बस हैदरावादबाट गोरखपुर जाँदै थियो । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका रहेको बताइएको छ । घाइते हुनेमा अधिकांश मजदुर रहेका छन् । सबै जना दीपावली मनाउन घर फर्किरहेका थिए ।

बसको अगाडिको भागमा बढी क्षति पुगेको रेवाका कलेक्टर मनोज पुष्पले बताए । जसका कारण बसको केबिन र अगाडिको सिटमा बसेका यात्रुको मृत्यु भएको छ भने घाइते यात्रुलाई सञ्जय गान्धी अस्पताल ९रेवा० पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस