मकवानपुर। बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ ।काठमाडौँमा आयोजना भएको बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर बिजेता बनेको हो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर बिजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानपुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन् ।
५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा