आइएमईको उत्सव अफर : सातौँ हप्ताको नतिजा घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ५८
आइएमईको उत्सव अफर : सातौँ हप्ताको नतिजा घोषणा

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाउने विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका हुन् । उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् । 

संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आइएमईमार्फत पैसा पठाउनुहुने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु विके, मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता रानामगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक–एक सेट सामसङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस