राजु गुरुङको रिट न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ४३
राजु गुरुङको रिट न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ । 

बुधबार पेसी चढेर पनि हेर्न नभ्याइनेमा परेको उक्त मुद्दा आज न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ । पेसी एक नम्बरमा तोकिएको छ। 

असोज ३० गते सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस