नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १९ : ००
नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे।

आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी कुल २ सय १९ पदक हात पार्दा गण्डकीले ३२ स्वर्ण ३१ रजत र ५७ काश्य सहित कुल १ सय २० पदक जितेको छ। त्यस्तै नेपाल पुलिस क्बलले ६१ स्वर्ण र ६१ रजत र ७३ काश्यसहित कुल १ सय ९५ पदक हात पारेको थियो।

विभागीय टिमपछि आयोजक गण्डकी पदक तालिकाको शीर्ष स्थानमा रह्यो। गण्डकीले ३२ स्वर्ण ३१ रजत र ५७ काश्य जित्दा बागमती २४ स्वर्ण ४७ रजत र ७४ काश्य सहित कुल १ सय ४५ पदक जित्न सफल रह्यो।

प्रतिक्रिया दिनुहोस