अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १८ : ५४
अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ ।न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले क्षितिजलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । 

भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग थियाे । 

प्रतिक्रिया दिनुहोस