कोरोना अपडेट : थप ५३ जनामा संक्रमण, ५१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १५ : ४९
कोरोना अपडेट  : थप ५३ जनामा संक्रमण, ५१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् । 

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।  यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ ।  मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७  जिल्लामा फैलिएकाे छ भने  ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।