पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १४ : २९
पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर एपीएफले स्वर्ण जितेको हो ।

तीनै सेटमा कडा प्रतिस्पर्धा भए पनि आर्मीले एक सेट पनि जित्न सकेन । एपीएफले २५(२१, २७(२५ र २६(२४ ले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

प्रतिक्रिया दिनुहोस