अपूर्व क्षितिजको मुद्दा न्यायाधीश मैनालीको इजलासमा, आजै बयान लिने

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १२ : ५१
अपूर्व क्षितिजको मुद्दा न्यायाधीश मैनालीको इजलासमा, आजै बयान लिने

काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा पुन: पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मावधप्रसाद मैनालीको इजलासमा उनको पेसी तोकिएको छ । क्षितिजको आज थुनछेक बहस हुने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।

यसअघि भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग छ । 

प्रतिक्रिया दिनुहोस