१२ स्वर्ण जित्दै पुलिस भारत्तोलन प्रतियोगितामा च्याम्पियन

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १९ : ५८
१२ स्वर्ण जित्दै पुलिस भारत्तोलन प्रतियोगितामा च्याम्पियन

काठमाडौं । विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ ।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो ।सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो ।

घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो ।  बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके ।

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए ।जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०÷१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने ।

बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस०, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस