राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १४ : ३७
राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

उक्त रिट निवेदन सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका गुरुङले सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवार दर्ता गराए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । उनले रिन निवेदनमा कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था ‘नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालि’ मात्र रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस