कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १४ : ३४
कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो । 

जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रितिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने,  जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काडमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस