दिवा स्याहार केन्द्रलाई नारायणगढ रोटरी क्लबको सहयोग

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १२ : ५०
दिवा स्याहार केन्द्रलाई नारायणगढ रोटरी क्लबको सहयोग

चितवन । नारायणगढ रोटरी क्लबले ज्योतिनगरमा सञ्चालित दिवा स्याहार केन्द्रमा रहेको मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको लागि शैक्षिक एवम् खेदकूदका सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले यसभन्दा अघिपनि सो केन्द्रमा रहेका बालबालिकाहरूको लागि सहयोग प्रदान गर्दै आइरहेको स्मरण गर्दै आवश्यक परेको बेला क्लबले निरन्तरण सहयोग गरिरहने आश्वासन समेत दिए। सोही कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा जेभी फाउण्डेशन, चितवनका सभापति विज्ञानलाल श्रेष्ठ र उपसभापति उद्धव जोशीले उक्त केन्द्रका बालबालिकाहरूको दिवा खाजा व्यवस्थापनका लागि गत श्रावण महिनादेखि जेभी फाउडेशन, केन्द्रीय कार्यालय, ललितपुरद्वारा उपलब्ध गराउँदै आएको मासिक दशहजार रुपैयाँ नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधान मार्पmत दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मीकान्त घिमिरेलाई हस्तान्तरण गरेका थिए । 

दिवा स्याहार केन्द्रका सञ्चालिका हरिकला भुषाल तथा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव रोटरियन राजाराम सिटौलाले गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस