अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

एजेन्सी

बुधबार, ०२ कार्तिक २०७९, ११ : ४०
अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोजेकी छिन् । हंसिकाको विवाहको सम्पूर्ण कार्य यही किल्लामा हुनेछ ।

हंसिकाको विवाहको मिति नजिकै नै छ । तर, विवाह कहिले हो भन्ने कुराको अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह एक राजनीतिज्ञका छोरासँग हुने भनिएको छ । जो चर्चित व्यापारी पनि हुन् । तर, केटाको परिचय पनि खुलाइएको छैन् । विवाह स्थलको कुरा गर्दा जयपुरको मुन्डोटा फोर्टमा हंसिकाको विवाहको तयारी भइरहेको छ । पाहुना कोठादेखि लिएर विवाहको मेनुसम्मको पूर्ण व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस