काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि बुधबार अदालत लगिँदैछ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। जाहेरी परेसँगै नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछाने निलम्बनमा परेका थिए।
असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा