काठमाडौं । गुण्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । धादिङ सदरमुकाममा भीम बहादुर गुरुङमाथि आक्रामण गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा राधेका अन्य तीन सहयोगी पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले राधेलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको बताए । उनी कांग्रेस नेता समेत हुन् । उनी तरुण दलको उपाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, २० : ४९
लेखकबाट थप