सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।
गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।
यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ कार्तिक २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो