महिला म्याराथनमा गण्डकीकी विन्द्राले जितिन स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, ११ : ०८
महिला म्याराथनमा गण्डकीकी विन्द्राले जितिन स्वर्ण

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् ।

विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबकी विश्व रुपा बुढाले निर्धारित दुरी ३ घण्टा ३५ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् ।

नेपाल पुलिस क्लबकी रेखा विष्टले निर्धारित दुरी ३ घण्टा १ मिनेट ३५ सेकेन्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसै विधामा पुरुषतर्फ अनिश थापा मगरले जितेका थिए । 

प्रतिक्रिया दिनुहोस