पुकार बमलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, २० : २७
पुकार बमलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले पुकार बमलाई स्पष्टीकरण सोधेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बमलाई आफ्नो नाम अंकित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

बमको चुनाव प्रचारप्रसारको क्रममा उनीसहित उनको साथमा रहेका व्यक्तिहरुले ‘पुकार बम’ नाम अंकित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोध्दै २४ घण्टाभित्र जवाफ दिन भनेको छ।

‘तपाईंबाट जानाजान रूपमा उक्त कार्य भएको भए तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भइ वा आफ्नो प्रतिनिधि उपस्थित गराइ लिखित स्पष्टीकरण पेश गर्नुहोला,’ आयोगले भनेको छ।

प्रतिक्रिया दिनुहोस