कोरोना अपडेट : थप ४६ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १६ : ३७
कोरोना अपडेट : थप ४६ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ सय ८७ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

११ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा ४० जना र ११ सय चार जनामा गरिएको एन्टीजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो । सो अवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।

नयाँ अपडेटसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७११ पुगेको छ ।