योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएन : प्रकाशशरण महत

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, १६ : १४
योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले योग्य हुँदा पनि कतिपय नेताहरुलाई पार्टीले आगामी निर्वाचनका लागि टिकट दिन नसकेको स्वीकार गरेका छन्।

उनले सत्ता गठबन्धनसहित चुनावमा जाँदा कतिपय योग्य नेता कार्यकर्तालाई टिकट दिन नसकिएको बताएका हुन्।सोमबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले गठबन्धनका कारण कांग्रेसका तर्फबाट कम उम्मेदवार भए पनि सबैले जित्ने गरी माहोल बनाउनुपर्ने बताए।

उनले भने,’गठबन्धनसहित चुनावमा जाँदा योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन। गठबन्धनका कारण उम्मेदवार कम भए पनि सबैले जित्ने गरी माहोल बनाउनुपर्छ।’उनले कांग्रेसले कम बोलेर मुलुकको हितमा राम्रो काम गर्ने बताए। साथै उनले नेकपा एमालेले एमाले भने काम नगर्ने बताए।महतले भने,’कांग्रेसले कम बोलेर मुलुकको हितमा राम्रो परिणाम देखाउँछ। एमाले बोल्छ तर फिटिक्कै काम गर्दैन।’

प्रतिक्रिया दिनुहोस