महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठलाई स्वर्ण

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १९ : ४७
महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठलाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लवकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।

राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गररेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।

यस्तै एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे ।

महिलातर्फ एपीएफका पूmलमती रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभूवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । पूmलमतीले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बूले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् ।

नवांै राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय किर्तिमान बनाइन् । हिट चरणमा उनले किर्तिमान बनाएकी हुन् ।

यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेण्डको रहेको राष्ट्रिय किर्तिमान चौधरीले १२.१५ सेकेण्डमा पूरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस