कोरोना अपडेट : थप ५२ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १६ : ००
कोरोना अपडेट : थप ५२ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७६३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ सय ४५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४५ जन र १ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार २२७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ४३८ पुगेका छन् ।