काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागी हुनेछन् । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्न तथा चुनावी घोषणापत्रका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस