मनोज पण्डितले पाए चुनाव चिह्न डोजर

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, २० : ३५
मनोज पण्डितले पाए चुनाव चिह्न डोजर

काठमाडौँ । चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिह्न मिलेको छ। काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिह्न पाएका हुन्।

काठमाडौँमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गरेका छन्।‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस