घनश्याम भूसाल निकट एमाले रुपन्देहीका ४९ जना नेताहरूले दिए सामूहिक राजीनामा

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १६ : १४
घनश्याम भूसाल निकट एमाले रुपन्देहीका ४९ जना नेताहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । एमाले रुपन्देहीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

केही समयअघि एमाले छाडेका भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएकाे हस्ताक्षरसहितकाे पत्र तथा प्रेस विज्ञप्ति बाहिरिएकाे छ । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस