वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
‘ एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।
ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असोज २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला
पाल्पामा एक महिला मृतावस्था फेला
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्