काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभामा २ सीट र प्रदेशसभातर्फ ४ सीट दिएको छ ।
प्रतिनिधिसभामा सर्लाही-२ मा महिन्द्र राय यादव र काठमाडौं-७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन् । उनीहरु दुवैजनाले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका छन् ।
यस्तै, प्रदेश सभातर्फ नेता गंगानारायण श्रेष्ठ सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क)बाट फणिन्द्र देवकोटा उम्मेदवार छन्।
नवलपरासी पश्चिम क्षेत्र नम्बर २ को प्रदेश सभा (क)बाट चिनक कुर्मी, सर्लाही-२ को प्रदेश (क)बाट सुनिल साहले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस