हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल

रासस

सोमबार, २४ असोज २०७९, १३ : २६
हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले नेपालका जलश्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । सोमवार काठमाडौंमा भएको ग्रीन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् ।

उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् । मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनका विषयमा पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोबल ग्रिन इन्स्टिच्युटबीच समझदारी भएको जानकारी दिइन् ।

मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् । उनले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरू गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोबल ग्रीन इन्स्टिच्युटबीच समझदारी भएको छ । सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक छ । विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा विषेश चासो र प्राथमिकता सहित अध्ययन अनुसन्धानहरू गरिरहेको छ । विकासशील मुलुकहरुको ग्रीन हाइड्रोजन ऊर्जा उत्पादनका सम्बन्धमा नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी विश्वका विकासशील मुलुकहरु अगाडि बढेको अवस्थामा नेपालले पनि यो विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक छ ।’

मन्त्री भुसालले भनिन्– ‘हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास छ । नेपालको जलश्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलश्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण छ । हरित उर्जामा सबै जनताको पहुँच पुर्याउनका लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता छ ।’

मन्त्री भुसालले विश्वमा हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले नेपालको जलश्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलश्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताइन् । उनले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पुर्याउनका लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता औंल्याइन् ।