अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १२ : ४३
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

कैलाली । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस