हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, ५ घाइते

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १२ : १०
हुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, ५ घाइते

सुर्खेत । पहिराले पुर्दा हुम्लामा ४ जनाएको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस