काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।
निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।
कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रुपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ ।
नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने