काठमाडौं । निर्वाचन आयोगले आइतबार रातिसम्म २१२८ जनाले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएको विवरण प्राप्त भएको जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका हुन् । यस्तै प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमध्ये प्रदेश नं. १ मा ४४५ पुरुष,४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको भएको भन्दै आयोगल निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको जनाएको छ ।
दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने