गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १६ : ०८
गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले  उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरीएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदावरी दर्ता गराएका हुन् । 

समर्थकहरुसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । 

खाँणको प्रतिष्पर्धाको रुपमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा सहितको उम्मेदवार छन । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन भने उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा रहेकी छन् ।

यस्तै प्रदेशसभा तर्फ ३ क मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेशसभा तर्फ ३ ख बाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजबादी, लोसपा र जनमोर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस