नेप्सेमा ४४ अंकको वृद्धि, ८३ करोडको कारोबार

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १५ : ५५
नेप्सेमा ४४ अंकको वृद्धि, ८३ करोडको कारोबार

काठमाडौं । दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा उक्त अंकले बढेर बन्द भएको हो ।

यससँगै, नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा ८३ करोड रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ८.७८ अंकको सुधार आउँदै ३७२.२१ अंक कायम भएको छ । सेयर बजार परिसूचकमा उल्लेख्य वृद्धि आएको दिन आज १३ वटै समूहमा वृद्धि देखिएको छ ।

जसमध्ये जीवन बीमा समूहमा १८७ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १३५ अंकको सुधार आउँदा विकास बैंक समूहमा १४९.०२ अंकको सुधार आएको छ । यस्तै, उत्पादनमूलक समूहमा १२१ र लघुवित्त समूहमा ११२ अंकको सुधार आएको छ ।

यसैगरी, बैंक समूहमा २५, व्यापार समूहमा १७, होटल र टुरिजम समूहमा ४९, जलविद्युत समूहमा ५६, वित्त समूहमा ७०, अन्य समूहमा ३२, म्यूचुअल फण्ड समूहमा ०.०९ र लगानी समूहमा १.३८ अंकको सुधार देखिएको छ । यसक्रममा आज सप्तकोसी विकास बैंक र अप्पर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

 

प्रतिक्रिया दिनुहोस