विनोद चौधरीले गराए उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १५ : ५०
विनोद चौधरीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनाल रहेका छन् भने समर्थकमा कांग्रेसको प्रतापुर गाउँपालिका सभापति उमेशचन्द यादव रहेका छन् । चौधरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् । 

नवलपरासी १ मा प्रतिनिधिसभा र दुई वटै प्रदेश सभा कांग्रेसले पाएको छ । प्रदेश सभा (क) बाट कांग्रेसका विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् भने प्रदेश सभा खतर्फ देवकरण कलवार सन्तु उम्मेदवार बनेका छन् । सन्तु दोस्रो संविधानसभा सदस्य हुन् भने अघिल्लो निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार थिए । 

प्रतिक्रिया दिनुहोस