काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले बताए । बोहराका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् ।
रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् ।
यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'