विराटनगर । नेकपा माओवादी केन्द्रले एकसाता अघि पार्टी प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ ।
सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको छ । र, त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको छ । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी प्रवेश गरेका थिए ।
माओवादी केन्द्र प्रदेश १ कमिटीका अनुसार सुनसरीको प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर १ मा मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सुनसरी २ को क बाट चौधरीले टिकट पाउँदा क्षेत्र नम्बर ३ को क बाट सरस्वती पोखरेलले टिकट पाएकी छन् । पोखरेल प्रदेश १ को निवर्तमान उपसभामुख हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन