विराटनगर । नेकपा माओवादी केन्द्रले एकसाता अघि पार्टी प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ ।
सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको छ । र, त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको छ । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी प्रवेश गरेका थिए ।
माओवादी केन्द्र प्रदेश १ कमिटीका अनुसार सुनसरीको प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर १ मा मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सुनसरी २ को क बाट चौधरीले टिकट पाउँदा क्षेत्र नम्बर ३ को क बाट सरस्वती पोखरेलले टिकट पाएकी छन् । पोखरेल प्रदेश १ को निवर्तमान उपसभामुख हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)