काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ। शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको उम्मेदवार टुंग्याएको हो।
देउवा डडेलधुराबाट चुनाव लड्नेछन्। त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन्।
त्यस्तै प्रदेशसभातर्फ जुम्ला ख मा लतित जंग शाही, तेह्रथुम क मा सन्तोष सुब्बा र ताप्लेजुङ ख मा खगेन सिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ।
बाँकी क्षेत्रमा शनिबारको बैठकले टुंगो लगाउने बताइएको छ। आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि भोलि (आइतबार) मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस