काठमाडौं । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकाे छ ।प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
त्यस्तै २५ वर्ष उमेर पूरा भएको, कुनै संघीय कानूनले अयोग्य नभएको र निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।विद्यमान कानूनले उम्मेदवारीको अयोग्यतासम्बन्धी व्यवस्था गरेको छ ।
निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्ति अयोग्य हुनेछ ।
त्यस्तै सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको हुनुपर्नेछ ।
आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ ।
उजुरीमाथि जाँचबुझ गर्दा मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारको कानूनबमोजिम योग्यता पूरा गरेको नदेखिएको अयोग्य रहेको पाइएमा आयोगबाट त्यस्ता मनोनयन बदर गरिने हुनाले योग्यता तथा अयोग्यताका सम्बन्धमा राजनीतिक दल र उम्मेदवार आफैंले यकिन गरी मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने