कोरोना अपडेट : थप ११ जनामा संक्रमण पुष्टि, ६८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २१ असोज २०७९, १५ : ३०
कोरोना अपडेट : थप ११ जनामा संक्रमण पुष्टि, ६८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९६ जनाको पिसिआर र एक हजार २४२ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर ६२८ जना सक्रिय संक्रमित रहेका छन् । आज ६८ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।