लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।
संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् । आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की