कोरोना अपडेट : थप १९ जनामा संक्रमण पुष्टि, ९६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १६ : ४३
कोरोना अपडेट : थप १९ जनामा संक्रमण पुष्टि, ९६ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १७ जना र ७ सय ४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ८१६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ९ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ९ सय २५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ८१६ पुगेका छन् ।