दसैंलाई १ करोडको तास आयात

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १४ : २६
दसैंलाई १ करोडको तास आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।

विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै यही वर्षको वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो । 

तर, पछिल्लोपटक प्रतिबन्ध लगाइएका मध्ये ६ वस्तुको आयात खुलाउँदा तासको आयात समेत खुलाइएको थियो । यससँगै, नेपालमा तास आयात बढ्न थालेको हो । नेपाल भित्रिएका सबै तास उत्तरी छिमेकी मुलुक चीनबाट भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस