‘प्रेमगीत–३’ले एक सातामा कति कमायो ?

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १५ : २२
‘प्रेमगीत–३’ले एक सातामा कति कमायो ?

काठमाडौं । अभिनेता प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर् ‘प्रेमगीत–३’ दर्शकमाझ रिलिजमा आएको एक साता पूरा भएको छ । प्रदर्शनमा आएको एक साता पूरा भएको अवसरमा निर्माता–निर्देशक सन्तोष सेनले ‘प्रेमगीत–३’को एक साताको बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् ।

निर्माता सेनका अनुसार फिल्मले नेपालमा मात्र एक सातामा ७ करोड ९६ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गरेको छ । त्यस्तै फिल्मले छिमेकी राष्ट्र भारतमा ३ करोड ४४ लाख भारु कमाएको छ, भने ओभरसिजमा ६ करोड २१ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ ।

कुन दिन कति कमायो ?

नेपालमा ‘प्रेमगीत–३’ ले २ करोड ५ लाख रुपैयाँको ओपनिङ गरेको थियो । त्यस्तै फिल्मले शनिबार २ करोड २२ लाख, आइतबार ९५.५० लाख, सोमबार १ करोड १५ लाख (हिन्दी र नेपाली), मंगलबार ६५ लाख (हिन्दी र नेपाली), बुधबार ६१ लाख (हिन्दी र नेपाली) र बिहीबार ५३ लाख रुपैयाँ (हिन्दी र नेपाली) कमाइ गरेको छ ।

त्यस्तै, छिमेकी राष्ट्र भारतमा हिन्दी र नेपाली दुवै भाषा १ करोड १२ लाख भारुको कमाइ ओपनिङ गरेको ‘प्रेमगीत–३’ले शनिबार ८३ करोड भारुको कमाइ गरेको थियो । त्यस्तै, फिल्मले आइतबार ६४.९० लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख र विहीबार १२.१० लाख भारु गरी कुल ६ करोड २१ लाख भारुको कलेक्शन गरेको छ ।

यसका साथै फिल्मले ओभरसिजमा शुक्रबार १.६७ करोड भारुको कलेक्शन गरेको थियो । त्यस्तै शनिबार १.२३ करोड, आइतबार ७९.३० लाख, सोमबार ८९.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र विहीबार ४६.१५ लाख गरी कुल ६.२१ करोडको ब्यापार गरेको छ ।

फिल्ममा प्रदीप खड्का, कृस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस