पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १४ : ४२
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा शुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस