काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्रमा अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरू हुने गरेको पाइएको छ ।
विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । साे हमलामा १९ जना मारिएका छन् भने २७ जना घाइते भएका काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले जानकारी दिएका छन् ।
यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ असोज २०७९, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा चिनका राजदुत नियुक्त
अफगानिस्तानमा पठन संस्कृति प्रवर्द्धन गर्न काबुलका युवाले गरे पुस्तक प्रदर्शनी
अफगानिस्तानले सजिलै जित्यो बङ्गलादेशविरुद्वको शृङ्खला
अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालन
जीप खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि