कोरोना अपडेट : थप ४५ जनामा संक्रमण पुष्टि, ७० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १६ : ३९
कोरोना अपडेट : थप ४५ जनामा संक्रमण पुष्टि, ७० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर  १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।