कोरोना अपडेट : थप ३८ जनामा संक्रमण पुष्टि, ५२ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १६ : ५४
कोरोना अपडेट : थप ३८ जनामा संक्रमण पुष्टि, ५२ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार २८४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१ जना र १ हजार ५३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ०७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ६८९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार १२२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार ५४७ पुगेका छन् ।