कोरोना अपडेट : थप ५४ जनामा संक्रमण पुष्टि, ७६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १६ : १८
कोरोना अपडेट : थप ५४ जनामा संक्रमण पुष्टि, ७६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेको छ ।